२३ बैशाख २०८३, बुधबार | May 7, 2026

चितवनमा हावाहुरीका कारण ढलेको रुखले च्यापेर ३ जनाको मृत्यु



चितवन । भरतपुरमा शुक्रबार बेलुकी आएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ।
शुक्रवार साँझ ७ बजेको समयमा आएको हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा ना २ ह २२४७ नम्बरको अटोलाई च्यापिँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटो चालक भरतपुर ११ लामाटोल बस्ने ५० वर्षिय प्रदिप कुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षिया माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। अटोमा सवार २० वर्षिया अबिता गुरुङ र ५० वर्षिया तुल मांया गुरुङ सामान्य घाईते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भरतपुर ११ मा बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई हावा हुरीको कारण ढलेको रुखले किच्दा उक्त म्याजिकमा सवार भरतपुर ११ बस्ने ४८ वर्षिय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको समेत जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी डीएसपी नरहरि अधिकारीले बताए ।

भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएकाे छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् । पाेल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पाेलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ ।

अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियाे । पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। नारायणी पुलमा हावाहुरीले ढलेको मालबहाक ट्रकलाई क्रेनको सहायताले उठाइएको छ।

हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रशारण अहिले बन्द छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ३३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा