६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा



लमजुङ । लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् ।

जिल्लाको बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा विष्णु चिन्तित छन्।

मलको अभावले समय घर्किदासमेत पाखामा लगाएको मकै दोहोरो गोड्न नपाएको अर्का किसान कृष्णमाया श्रेष्ठको गुनासो छ ।

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : १२ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३