२३ बैशाख २०८३, बुधबार | May 7, 2026

काभ्रेको महाभारत गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित



काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छ्न ।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरे भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरे । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो ।

वडामा भने क्रमशः वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी भए भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले ५५१ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५९४ मत, वडा नं ४ मा माओवादीका विशाल मोक्तानले ३७१ मत, वडा नं ६ मा माओवादीकै रमेशकुमार लुङ्गेलीले ६०९ मत, वडा नं ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठले ५४१ मत र वडा नं ८ मा माओवादीका टङ्कबहादुर आले ६९४ प्राप्त गरी विजयी भए । वडा नं ५ को भने यसअघि गणना हुने वेलामा माओवादी र कांग्रेसका वडाध्यक्ष्का उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको र पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । १३ वटा वडा रहेको नगरपालिकाको ७ नं वडासम्मको मतगणना भईसकेकोमा वडा नं १ मा माअ‍ोवादी केन्द्र, २, ३, ४ र ७ मा कांग्रेस, ५ मा एमाले र ६ मा एकीकृत समाजवादी विजयी भएको छ । वडा नं ७ सम्म मतगणना हुँदा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले सात हजार २७१ र एमालेका कञ्चन अधिकारीले चार हजार २५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुख पदमा माओवादी केन्द्रका चेतप्रसाद गौतमले पाँच हजार २७४ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले चार हजार ९७८ मत प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : २९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा