१२ पुस २०८२, शनिबार | December 27, 2025

सिराहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित



सिरहा । सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्रसमेत दिएको छ ।

उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीयतह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान मेयर समेत रहेका यादव ५२३ मतान्तरसहित ५ हजार २३३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८७७ मत प्राप्त गरेकी छन् ।

कुल १२ वडा रहेको मिर्चैयामा एमालेले ५, माओवादी केन्द्रले ४ जनमत पार्टी, नेपाली काँग्रेस र स्वतन्त्रले १र१ वडा जितेका छन् ।

मतगणना सकिएको लामो समयसम्म पनि विजय घोषणा नगरेपछि नेकपा माओवादीका नेता कार्यकर्ताहरूले मत परिणाम घोषणा गर्न दबाब दिनु परेको थियो । शुक्रबार अपराह्न ५ बजे नै मतगणना सकिए पनि परिणाम घोषण रोकिएपछि सञ्चारकर्मी र नेताहरूको आग्रहपछि आज शनिबार बिहानमात्र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित परिणाम घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ४८ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका