२७ बैशाख २०८३, आइतबार | May 10, 2026

तिलोत्तमा मतगणना अपडेट : गठबन्धनका उम्मेदवार खाँणको निरन्तर अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको ३० हजार ७ सय ३४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि छन् ।

२२ हजार मतगणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाणले त्यसयता निरन्तर अग्रता लिएका छन् । खाँणले पछिल्लो पटकको नतिजामा ११ हजार ९ सय ४९ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पछ्याई रहेका छन् । चापागाईले ११ हजार ५ सय ९२ मत पाएका छन । खाँण भन्दा चापागाई ३५७ मतले पछाडी परेका छन् ।

उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार ५ सय ५५ मतले अगाडी छन् । एमालेकी जागेश्वरीदेवि चौधरीले ११ हजार २ सय ७० मत पाउदा उनका निकटतम प्रतिद्धन्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार ७ सय १५ मत प्राप्त भएको छ ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ । ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : १२ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर