४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमा मतगणना अपडेट : गठबन्धनका उम्मेदवार खाँणको निरन्तर अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको ३० हजार ७ सय ३४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि छन् ।

२२ हजार मतगणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाणले त्यसयता निरन्तर अग्रता लिएका छन् । खाँणले पछिल्लो पटकको नतिजामा ११ हजार ९ सय ४९ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पछ्याई रहेका छन् । चापागाईले ११ हजार ५ सय ९२ मत पाएका छन । खाँण भन्दा चापागाई ३५७ मतले पछाडी परेका छन् ।

उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार ५ सय ५५ मतले अगाडी छन् । एमालेकी जागेश्वरीदेवि चौधरीले ११ हजार २ सय ७० मत पाउदा उनका निकटतम प्रतिद्धन्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार ७ सय १५ मत प्राप्त भएको छ ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ । ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको