१६ बैशाख २०८३, बुधबार | April 30, 2026

एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् ।

शेर्पाले भोलि तीनकुने स्थित रोयल वैंक्वेटमा ११ बजे कार्यक्रम राखेका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ ।

जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस पटक अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गत ४ जेठमा पंकज समूहले ललितपुरको एक होटेलमा आफ्नो शक्ति प्रदर्शन गरेको थियो । त्यही कार्यक्रम मार्फत नेम्बाङले उम्मेदवारी घोषणा दिए । यस्तै वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पंकज पक्षमा यस पटक कर्मा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले देखिए । यस्तै तटस्थ रहेका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व उपाध्यक्ष सुनिल राणा समेत पंकज पक्षमा खुलेका छन् ।

यता, ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० का उपाध्यक्ष राजु हाँयजु, बाँसबारी क्लबका प्रेम थापा समेत पंकज समूहमा देखिएका छन् ।

पंकजको शक्ति प्रदर्शनमा ५५–६० मताधिकारको सहभागिता रहेको थियो ।

भोलि हुने शेर्पाको उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शनमा वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान श्रेष्ठ रहने छन् । यस्तै विज्ञानराज शर्माले उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै भोलिको शक्ति प्रदर्शनमा तेस्रो धार देखिएका महासचिव इन्द्रमान तुलाधरसमेत कर्मा पक्षमा देखिने सम्भावना छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात