२४ बैशाख २०८१, सोमबार | May 7, 2024

नसकिने भो अब ! पेट्रोलको मूल्य १८० रूपैयाँ, खाना पकाउने ग्याँसको मूल्य १८०० प्रतिसिलिण्डर



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

आइतबार मध्यरातदेखि लागु हुनेगरी सरकराले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो ।

जसअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ बढेको छ । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यतिधेरै मूल्यवृद्धि भएको यो नै पहिलोपटक हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १८० रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ।

त्यस्तै १८०० रुपैयाँ तिरेपछि मात्र एक सिलिण्डर एलपी ग्यास पाइनेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै इन्डियन आयल कर्पोरेशन आईओसीले नेपालमा प्रशोधित तेलको नयाँ मूल्य पढाएपछि नेपाल आयल निगमले पनि यहाँ मूल्यवृद्धि गरेको हो ।

भारतले भने पट्टोलियम पदार्थमा लगाउँदै आएको जीएसटी घटाएर आम जनतालाई मूल्यवृद्धि हुनबाट राहत दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : २२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,