१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल



काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’ समीक्षा भएको थियो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’ सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए ।

‘स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ, अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए ।

‘देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स रहेको र जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताए ।

‘गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स हो, संघको निर्वाचनमा पुगेपछि त्यो कोर्स पूरा हुन्छ तर स्थानीय निर्वाचनमा गठबन्धनको जुन स्प्रिट थियो त्यो क्याच भएन,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

आइतबार राति अबेरसम्म ७ सय १८ स्थानीय तहको प्राप्त परिणामअनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस ३ सय १४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर स्थानीय तहमा पहिलो शक्ति बन्ने निश्चित भइसकेको छ ।

यसैगरी, नेकपा एमालेले २०७४ मा जितेका करिब ९० स्थानीय तह गुमाउने देखिँदा सो दलले आइतबार राति अबेरसम्म १ सय ९५ स्थानीय तहमा जित्दै दोस्रो शक्ति बन्ने पक्का भएको छ । २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा २ सय ९४ स्थानीय तहमा प्रमुख/अध्यक्ष एमालेले जितेको थियो भने कांग्रेसले २ सय ६६ स्थानीय तहमा जितेको थियो ।

यसैगरी, सत्ता गठबन्धनको अर्को शक्ति माओवादी केन्द्रले विगतको परिणामलाई उछिन्दै १ सय २० स्थानीय तहमा जित हात पारिसकेको छ । सो दलले २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ सय ६ स्थानीय तहमा जित हात पारेको थियो ।

हालसम्म प्राप्त परिणामअनुसार गठबन्धनमा आबद्ध दल जसपा स्थानीय तहमा चौथो तथा नेकपा एस पाँचौं शक्ति बन्ने देखिएको छ । जसपाले आइतबार राति अबेरसम्म २९ र नेकपा एसले १७ स्थानीय तहमा जित हात पारेका छन् ।

यस्तै, लोसपाले १४ स्थानीय तहमा जित हात पार्दा अन्य दल तथा स्वतन्त्र उम्मेदवार गरी २९ तहमा जित हात पारेका छन् । अब पाँच महानगरपालिकासहित ३५ स्थानीय तहको परिणाम आउन बाँकी छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : १२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग