११ चैत्र २०८२, बुधबार | March 25, 2026

क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन



एजेन्सी । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु भएको थियो ।

वातावरण क्यानडा नामक संस्थाका अनुसार आँधीबेहरीको समयमा हावाको वेग ८२ माइल प्रतिघन्टा थियो । ओटारियो समेट्ने उर्जा कम्पनी हाइड्रो वनले हरेक घरलाई पुनः जडान गर्न धेरै दिन लाग्ने जनाएको छ ।

यसैबीच हाइड्रो क्युबेकले त्यहाँका ५लाख ५० हजार घरमा बिजुली नभएको र झण्डै ४ लाख घरमा अझै पनि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन, यातायात अवरुद्ध भएका र घरहरूमा क्षति पुगेको छ ।

अग्नि नियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका देखिन्छन् ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : १६ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको