७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पाल्पाको रम्भा गाउँपालिकामा एकीकृत समाजवादीलाई हराउँदै एमालेका भण्डारी निर्वाचित



पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

उनले पाँच हजार ५८३ मत पाए। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए ।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत पाए ।

अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : २९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल