१९ आश्विन २०८३, सोमबार | October 5, 2026

स्थानीय तहमा एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी



काठमाडौं । निर्वाचन आयोगले मतगणना सप्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् ।

आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् । आयोगका अनुसार अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ ।

एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बनेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : ३३ बजे

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन