४ पुस २०८२, शुक्रबार | December 20, 2025

मतगणना नसकिँदै भरतपुर महानगरमा रेनु दाहाल विजयी



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् ।

मतगणना नसकिएको भएपनि दाहालले बनाएको फराकिलो अग्रताका कारण उनी विजयी भएकी हुन् । तर प्राविधिक रुपमा भन् मतगणनाको अन्तिम नतिजा आएपछि मात्र निर्वाचन कार्यालयले दाहाल विजयी भएको घोषणा गर्नेछ ।

दाहालले अहिलेसम्म ११ हजार ४५७ बढी मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी छिन् । जबकी, मतगणना गन्न बाँकी वडा नं. २७, २८ र २९ को कुल खसेको मत पुरै विपक्षीलाई गयो भने पनि दाहालकै अग्रता बढी रहन्छ । भरतपुरमा ११,१७३ मत मात्र गणना गर्न अझै बाँकी छ ।

दाहालले अहिलेम्म ४७ हजार ४० मत प्राप्त गरेकी छन् । नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

भरतपुरमा कूल १ लाख २७ हजार ८३९ मत खसेको थियो । जसमध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ ।

वडा नं. २७ को मतगणना गर्नुअघि प्रहरीले एमाले कार्यकर्तालाई पक्राउ गरेपछि केहीबेर मतगणना स्थगित भएको थियो । अहिले भने पुनः सुचारु भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजय भएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको