११ बैशाख २०८१, मंगलबार | April 23, 2024

दाङमा इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँचजना पक्राउ



दाङ । दाङमा इँट्टालाई सुन भनेर बिक्रीट गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका २६ वर्षिय राजकुमार बुढा, सोहि ठाउँकै २४ वर्षिय प्रकास खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षिय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षिय गिता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय सुरेन्द्र सिंह धामी रहेका छन् ।

पक्राउ परेकाको साथबाट दुई थान इट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहँेलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्रि गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ४६ बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।