१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

साकार हुँदै जित्नैपर्ने दबाब



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ ।

सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ ।

धनराज आचार्य निकतम प्रतिस्पर्धीभन्दा ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । उनले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार रातिसम्म १ लाख ३९ हजार ४ सय ११ गणना भएको छ । अब ३ हजार ८ सय जति गणना बाँकी छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । उनीहरूबीच ३ हजार ९ सयको अन्तर छ ।

यसरी मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी मञ्जुदेवी २०७४ सालको चुनावमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । पाँचदलीय गठबन्धनकै उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेर विजयी सुनिश्चित गरेकी गुरुङले पोखरामा एमालेको साख बचाएकी छन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा विजय नेपालले लेखेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : १७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै