२७ बैशाख २०८३, आइतबार | May 10, 2026

तुलसीपुरमा एमालेका टीकाराम खड्का मतगणना नसकिँदै विजयी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेका उम्मेदवार टीकाराम खड्का मेयरमा विजयी भएका छन् ।

जम्मा ७४ हजार ३३६ मत खसेकामा बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ ।अब तीन हजार १७० मत गन्न बाँकी रहेकोमा खड्का अहिले नै तीन हजार ३६६ मतले अघि छन् ।

खड्काले ३० हजार ३५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन् । उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेका छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्नुभएको छ भने रानाले २० हजार १४४ मत प्राप्त गरेका छन् ।

उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : २३ बजे

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाले ‘नीति मन्थन’ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘विपद् जोखिम न्यूनीकरण

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा

सुनको मूल्य एकहजारले घट्यो, चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना