१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्ताव दर्ता गराउँदै उनीहरुले मूल्यवृद्धिमाथि सभामा गम्भीर छलफलको माग गरेका छन् ।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक रहेको सो प्रस्ताव राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई बुझाइएको छ ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार हरेक १५ दिनमा एकपटक मूल्य समायोजन गर्न सक्ने भएपनि एक हप्तामै २ पटक मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन् । तत्काल मूल्यवृद्धि फिर्ता लिएर संसदमा मूल्यवृद्धि नियन्त्रणको प्रयासबारे सरकारले जानकारी गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।

यसअघि हिजो प्रतिनिधिसभामा पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ५८ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक