२९ असार २०८३, सोमबार | July 13, 2026

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्ताव दर्ता गराउँदै उनीहरुले मूल्यवृद्धिमाथि सभामा गम्भीर छलफलको माग गरेका छन् ।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक रहेको सो प्रस्ताव राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई बुझाइएको छ ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार हरेक १५ दिनमा एकपटक मूल्य समायोजन गर्न सक्ने भएपनि एक हप्तामै २ पटक मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन् । तत्काल मूल्यवृद्धि फिर्ता लिएर संसदमा मूल्यवृद्धि नियन्त्रणको प्रयासबारे सरकारले जानकारी गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।

यसअघि हिजो प्रतिनिधिसभामा पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ५८ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका