५ पुस २०८२, शनिबार | December 20, 2025

सूर्य नेपाल गल्फ : तेस्रो दिन शुक्रलाई अग्रता



काठमाडौं । सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा शुक्रबहादुर राई निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिनको खेलमा शुक्रले ६ अण्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोरकार्ड बनाउँदै शीर्ष स्थान हासिल गरेका हुन ।

दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका निरजले तेस्रो दिन तीन अण्डर ६९ स्कोरका साथ कुल १५ अन्डर दुई सय एक स्कोरकार्ड खेलेका थिए । पहिलो दिनका लिडर वाङचेनले तेस्रो दिन दुई अण्डर ७० स्कोरका साथ कुल १२ अण्डर दुई सय चार स्कोरकार्ड बनाएका छन । उनी समग्रमा तेस्रो स्थानमा छन । यस्तै नेपाल नम्बर एक भुवन नगरकोटी चौथो स्थानमा छन । उनको कुल १० अण्डर दुई सय ६ स्कोरकार्ड छ । उनले तेस्रो दिन दुई अण्डर ७० स्कोरकार्ड खेलेका थिए ।

कुल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : १४ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा