२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अक्षयको ‘पृथ्वीराज’ लाई पहिरन जुटाउनै दुई वर्ष



काठमाडौं । अभिनेता अक्षयकुमार ऐतिहासिक फिल्म ‘पृथ्वीराज’लाई लिएर निकै चर्चामा छन् । यो फिल्म ३ जुनमा रिलिज हुँदैछ । यो फिल्मका कलाकार फिल्म प्रमोसनमा व्यस्त छन् ।

यो एक कालखण्डको फिल्म हो, जसमा सम्राट पृथ्वीराजको शोर्य गाथालाई देखाइएको छ । तर, यो फिल्मको छायांकन गर्न त्यति सजिलो भने थिएन । किनकी कुनै पनि ऐतिहासिक कालखण्डको कथालाई फिल्ममा देखाउदा त्यसको कथाले दर्शकलाई छुवाउनेदेखि लिएर त्यसको पृष्ठभूमि र ९ सय वर्ष पुरानो भारत देखाउन आवश्यक थियो । जसका लागि निर्मातादेखि प्राविधिक सबैले निकै पसिना बगाउनु नै परेको थियो ।

यो फिल्ममा १२ औं शताब्दीको दिल्ली, कन्नौज र राजस्थान देखाउन त्यति सजिलो थिएन । त्यो समयमा भारत कस्तो थियो भन्ने सबैमा चासो थियो । त्यही चासोलाई पुरा गर्न फिल्मकर्मीले निकै मिहिनेत गरेका थिए । फिल्मकै लागि करोडौंको लागतमा सेट बनाइयो र त्यही सुटिङ पुरा भयो ।

तर निर्माताहरुलाई सेटभन्दा पनि बढी तनाव कलाकारको पहिरनले दियो । किनकी फिल्ममा अलगअलग प्रान्तका मानिस देखाइनुपर्ने थियो । त्यहीकारण ती प्रान्तका मानिससँग जोडिएर पहिरन डिजाइन गर्नुपर्ने थियो । तर राजस्थानको धौलपुरमा बस्ने सञ्जीव राज परमारले यो काम पुरा गरे ।

फिल्मका लागि चाहिने आवश्यक कपडा, आभुषण कस्तो हुनेछ भनेर सञ्जीवले करिब ६ महिनादेखि यसको अनुसन्धान गरे । उनी विभिन्न स्थानमा पुगे र आवश्यक जानकारी संकलन गरेपछि पहिरन तयारको काम सुरु गरे । जयपुर, जोधपुर, मण्डोर, बीकानेरबाट उनले राजपुत पोशाक तयार पारे । बाडमेर, जेसलमेर, नागोर जस्ता स्थानबाट मोजडी र अन्य केही कष्ट्युम तयार पारे । यो काम गर्न करिब दुई वर्ष लाग्यो ।

फिल्ममा मोहम्मद गौरीको शासनकाललाई देखाइएको छ । यसका लागि निर्देशकलाई अफगानी साम्राज्य देखाउन आवश्यक थियो । पहिरन पनि त्यही समयको चाहिएको थियो । त्यहीकारण निर्माताहरुले काबुलबाट विशेष किसिमको कपडा मगाए । उनीहरुले अफगानी चाँदी मगाएर पनि त्यो समयको गहना तयार पारे । यो गहना मोहम्मद गौरीको लागि बनाइएको थियो । बाँकी अफगानी चरित्रका लागि लद्दाखबाट कपडा मगाइएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ७ : ३० बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम