२७ बैशाख २०८३, आइतबार | May 10, 2026

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण



काठमाडौं । बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो ।

बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत थप उपचारका लागि काठमाडौं पठाउन लागिएको थियो । तर, राति ९ बजेतिर काठमाडौंबाट धनगढी पुगेको बुद्ध एयरको उडान नम्बर २५६ को विमान लोकसरीलाई नलिई फर्किएको हो ।

बाजुराको बुढीगंगा नगरपालिका(१० की लोकसरी ३ जेठमा घरमा काम गर्ने क्रममा आगोले जलेकी थिइन् । अछामको बयलपाटा अस्पतालमा उपचार गराइरहेकी उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउन खोजिएको थियो । त्यसका लागि उनलाई बयलपाटा अस्पतालबाट धनगढी पुर्‍याइएको थियो ।

उनलाई बुद्ध एयरका कर्मचारी मात्र नभएर पाइलटले समेत लैजान नमिल्ने बताएका थिए । त्यसपछि उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । यसरी गम्भीर विरामीलाई छाडेर गएकोप्रति सामाजिक सञ्जालमा बुद्ध एयरको आलोचना भइरहेको छ । चर्को आलोचना सुरू भएपछि बुद्ध एयरले प्रस्टीकरण दिएको छ ।

ह्वील चेयरमा पनि बस्न नसक्ने अवस्थामा रहेकी लोकसरीलाई काठमाडौं लैजान नसकिएको बुद्ध एयरले प्रष्ट पारेको छ । स्ट्रेचरको व्यवस्था नहुँदा उनलाई लैजान नसकिएको बुद्ध एयरले प्रस्टीकरण छ ।

‘ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको विरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अपलोड गरिएको जानकारी गराउन चाहन्छौं,’ बुद्ध एयरले आफ्नो प्रस्टीकरणमा उल्लेख गरेको छ ।

सोही उडानमार्फत एक ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको थियो । २४ वर्षीया ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको भन्दै बुद्ध एयरले भनेको छ, ‘उहाँले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टरबाट प्रमाणित फिट टु फ्लाईअनुसार नै हामीले सबै सुरक्षाका मापदण्ड पुर्‍याएर काठमाडौं ल्याएका थियौं ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ३४ बजे

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको