२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । संयुक्त रूपमा बनाएको इपीजी समूहको प्रतिवेदन सम्मानीय प्रधानमन्त्रीज्यूले बुझ्नुस् । त्यसमा के छ सदनलाई जानकारी गराउनुस् । दुवैतर्फको (नेपाल-भारत) संयुक्त प्रतिवेदन हो त्यो, सहमतिको प्रतिवेदन हो, मतभेद छैन ।’

नेपाल र भारत सरकारले संयुक्त रूपमा नेपाल(भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ९इपीजी०को प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीले आग्रह गरेका हुन् । उक्त प्रतिवेदन दुवै देशका सरकारले हालसम्म बुझेका छैनन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ४१ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s