२६ माघ २०८२, सोमबार | February 9, 2026

क्यानविरुद्ध इपीएल र ६ फ्रेन्चाइज टिमद्वारा सर्वोच्चमा रिट



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो ।

इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल टी-२० को रणनीतिक र व्यापारिक साझेदार सेभेन थ्री स्पोर्टससँगको सम्झौता माथि पनि प्रश्न उठाएको थियो । विज्ञप्तिमा सेभेन थ्री स्पोर्टसको कार्य अपारदर्शी रहेको उल्लेख गरिएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतमा क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशका लागि रिट दर्ता गरिएको छ । अदालतले यस विषयमा उपयुक्त निर्णय जारी गर्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा उल्लेख छ । यसअघि क्यानको बोर्ड बैठकले सञ्चालनमा आएको फ्रेन्चाइज लिग प्रादेशिक संरचनामा गए मान्यता दिने बताउँदै यस्ता लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ०० बजे

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु