१५ बैशाख २०८१, शनिबार | April 27, 2024

खजुराको क्यान्सर अस्पतालमा संस्थापकले पाउने भनिएको छुटको निर्णय कागज मै सिमित



खजुरा । बाँकेको खजुरामा संचालनमा रहेको सुशिल कोईराला क्यान्सर अस्पताल जन्माउने मातृसंस्थालाई कोमामा पुर्याईएपछि अस्पताल विकास समितिबाट भएको संस्थापक सदस्यहरुलाई विशेष सेवामा छुट दिने निर्णय अलपत्र परेको छ । धार्मिक अनुष्ठानबाट जग बसालिएको अस्पतालको संस्थापन समितिलाई नै निश्क्रिय बनाईएपछि अस्पताल विकास समितिले संस्थापक, आजिवन र साधारण सदस्यहरुलाई छुट दिने गरि गरिएको निर्णय अलपत्र परेको हो ।

झण्डै ७ वर्ष अघि खजुरा र यस आसपासका स्थानीयबासीको मुट्ठी दानबाट संकलित ५ करोड बढी रकमबाट अस्पतालको जग बसेको भएपनि हाल अस्पताललाई संघीय सरकारले स्वामित्व ग्रहण गरेर संचालन गरिरहेको छ । सरकारको पूर्ण स्वामित्वमा अस्पताल संचालन गर्ने गरि समुदायले अस्पताललाई हस्तान्तरण गरिएपनि संस्थापन समिति प्रखर परोपकार मिसन नेपाल नामको संस्थाबाट अनिवार्य अस्पताल विकास समितिमा ३ जना प्रतिनिधि रहने गरि हस्तान्तरण गरिएको थियो । तर विगत ४ वर्ष देखि संस्थापन समिति प्रखर परोपकार मिसन नेपालको साधारणसभा र संस्थाको अध्यावधिक नगरिँदा विकास समितिमा रहेका सदस्यहरुको बैधानिकतामा समेत प्रश्न गठेको छ ।

मिसन नेपालका अध्यक्ष किस्मत कुमार कक्षपति २०७४ सालको स्थानीयतह निर्वाचनमा गांउपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै संस्थाको नविकरण, साधारणसभा, लेखा परिक्षण र संस्था अध्यावधिक गरिएको छैन । संस्थाको अध्यावधिक नभएकै कारण अस्पताल विकास समितिले मिसन नेपालका दुई दुई पटक संस्थापक सदस्य, आजिवन सदस्य र साधारण सदस्यलाई सेवामा छुट दिने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । भक्तबहादुर केसीको अध्यक्षतामा बसेको विकास समितिले २०७६ सालमा र अदालतबाट खारेज गरिदिएको किशोर थापाको अध्यक्षतामा २०७८ सालको माघमा बसेको बैठकले संस्थापकलाई ७५ प्रतिशत, आजिवन र साधारण सदस्यलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णय गरेको थियो ।

प्रखर परोपरकार मिसन नेपालले संस्थापक र आजिवन सदस्यहरुको विवरण उपलब्ध नगराएका कारण विकास समितिको निर्णय कार्यान्वयन गर्न जसकिएको अस्पतालका कार्यकारी प्रमुख डा. कृष्ण प्रसाद आचार्यले बताए । ‘संस्थापकहरुको परिचय पत्र बनाउने कुरा सुनेको हो, तर अहिले सम्म त्यो उपलब्ध हुन नसक्दा कार्यान्वयन हुन सकेन ।’ उनले भने, -‘संस्थापन समितिलाई सक्रिय बनाउन अनिवार्य छ, किन हो ‘कोमा’मा पुर्याईएको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष केसीले पनि संस्थापक सदस्यहरुको परिचय पत्र सहित विवरण पठाउन भनिएपनि त्यो उपलब्ध हुन नसकेको बताए । ‘शिलालेख सहित विशेष कार्यक्रम गरेर विवरण हस्तान्तरण हस्तान्तरण गर्ने भन्ने सुनेको हुँ , तर अहिले सम्म आएको छैन ।’ उनले भने । केसी आफै मिसन नेपालको संचालक सदस्य हुन् ।

मिसन नेपाललाई निश्क्रिय पारिएको सम्बनधमा बुझ्न मोबाईलमा सम्पर्क गर्दा मिसन नेपालका अध्यक्ष कक्षपतिले मोबाईल उठाएनन् ।

धार्मिक गुरु सन्त दीनदयाल जी महाराजको संकल्पमा खजुरामा महायज्ञ मार्फत क्यान्सर अस्पताल स्थापनको प्रारम्भ गरिएको थियो । जनस्तरबाट उठेको रकमबाट जग बसेपनि पछि नेपाल सरकारले स्वामित्व ग्रहण गर्दै अस्पताल संचालन गर्ने निर्णय भए अनुसार हाल अस्पतालले सेवा दिँदै आएको छ ।

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ०८ बजे

इलाम-२ उपनिर्वाचन : मिलन र सुहाङले गरे मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति