२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पोखराका मेयर र उपमेयर पदभार सम्हाल्न कार्यालय नगएर फूलवारी तर्फ



पोखरा । सामान्यतया निर्वाचन अधिकृतसँग सपथ लिएपछि कार्यालय पुगेर कर्मचारीहरुको स्वागत ग्रहण गर्ने र कुर्सीमा बसेर निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने जनप्रतिनिधिहरुको प्रचलन रहेपनि पोखरा महानगरका मेयर र उपमेयरले भने सपथ पछि कार्यालय नगएर सडकमा निस्केका छन् । उनीहरुले सपथ पछिको पहिलो काम नै सडकको डिभाइडरमा फूल रोपेर पदभार ग्रहण गरेका छन् । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका हुन् ।

फुलैफूलको सहरका रुपमा चिनाउँदै पोखरालाई पर्यटकीय राजधानी बनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् ।

पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली महानगरपालिका नगएर पुष्पलाल पार्कतर्फ लागेको थियो । पोखरा वडा नम्बर ७ मा रहेको उक्त पार्कमा नवनिर्वाचित मेयर आचार्य र उपमेयर गुरुङले पुष्पलालको सालिकमा माल्यार्पण गरेर फूल रोप्न जिरो किलोमिटर तर्फ लागेका थिए।

मेयर उपमेयर सहितका जनप्रतिनिधिहरुले जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा फूल रोपेका थिए । महानगरमा निर्वाचित १ सय ६७ जना जन प्रतिनिधिले एक एक फूल रोपेपछि मात्र उनीहरु महानगर कार्यालय पुगेका थिए । ‘पोखरा विश्वकै सुन्दर सहर हो । म पोखरालाई पोखरालाई फुलैफूलको सहर बनाउँछु,’ डिभाइडरमा फूल रोपे लगत्तै मेयर आचार्यले भने, ‘पोखरालाई ग्रिनरी सहर बनाउने हाम्रो लक्ष्य छ ।’

आचार्य र गुरुङले आजै पोखरामा निम्न आय भएका नागरिकलाई पोषण भत्ता दिने, पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने र क्रियटिभ युवाहरुका बीच सेम्बोल अफ पोखरा प्रतियोगिता संचालन गर्ने निर्णय गर्दै आजै पदभार समेत सम्हालेका छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यले संघ सरकारलाई प्रस्ताव गर्ने निर्णय भएको जानकारी दिए । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउने गरि निर्णय भएको उनले भने।

त्यस्तै, मेयर आचार्यले पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगितासमेत आह्वान गरेका छन् । आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशीसमेत तोकिएको छ । प्रतियोगिताको अवधि २ महिनाको हुनेछ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ७ : ४३ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त