२९ असार २०८३, सोमबार | July 13, 2026

एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ



ललितपुर । ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ ।

निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि बढेको छ ।

गोदावरी नगरपालिका मेयर उम्मेदवार गम्भीर राणा पार्टीभित्रैबाट सहयोग नहुँदा पराजय भोग्नु परेको बताउँछन् ।

उनी भन्छन्, ‘निर्वाचनमा लाग्दा भित्रैबाट सहयोग भएन ।’ उनी कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जनसँग ३ हजार ९३८ मतले पराजित भए ।

महांकाल गाउँपालिकाकी अध्यक्ष उम्मेदवार कमला लामा पनि पार्टीभित्र राम्रो व्यवस्थापन नभएको कारण पराजय भोग्नु परेको बताउँछिन् । लामा गठबन्धनका उम्मेद्वार गणेश केसीसँग ५६८ मतले पराजित भइन् ।

नेकपा माओवादीको प्रभाव क्षेत्र मानिने बागमती गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार समेत रहेका पालिका कमिटी अध्यक्ष नवराज सञ्जेल एमालेको पराजय पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा हुनु पनि रहेको बताउँछन् ।

आफूहरू पराजयको समीक्षा गरिरहेको बताउँदै सञ्जेल भन्छन्, ‘मलाई मत दिने मतदाताको भावना बुझेर ५ वर्ष पालिकामा काम गर्छु ।’

पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीभित्रै असहयोग भएको स्वीकार्दै आन्तरिक समस्या पनि पराजयको कारक रहेको बताउँछन् ।

एमालेले महालक्ष्मी र कोञ्ज्योसोममा प्रमुख पद जित्न सफल भयो भने ललितपुर महानगरमा उपमेयरसहित ११ वडामा वडाध्यक्ष जितेको छ ।
महालक्ष्मीमा ६ वडामा वडाध्यक्ष, गोदावरी, कोज्योसोम र बागमतीमा १ वडामा वडाध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ५२ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको