९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ



ललितपुर । ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ ।

निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि बढेको छ ।

गोदावरी नगरपालिका मेयर उम्मेदवार गम्भीर राणा पार्टीभित्रैबाट सहयोग नहुँदा पराजय भोग्नु परेको बताउँछन् ।

उनी भन्छन्, ‘निर्वाचनमा लाग्दा भित्रैबाट सहयोग भएन ।’ उनी कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जनसँग ३ हजार ९३८ मतले पराजित भए ।

महांकाल गाउँपालिकाकी अध्यक्ष उम्मेदवार कमला लामा पनि पार्टीभित्र राम्रो व्यवस्थापन नभएको कारण पराजय भोग्नु परेको बताउँछिन् । लामा गठबन्धनका उम्मेद्वार गणेश केसीसँग ५६८ मतले पराजित भइन् ।

नेकपा माओवादीको प्रभाव क्षेत्र मानिने बागमती गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार समेत रहेका पालिका कमिटी अध्यक्ष नवराज सञ्जेल एमालेको पराजय पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा हुनु पनि रहेको बताउँछन् ।

आफूहरू पराजयको समीक्षा गरिरहेको बताउँदै सञ्जेल भन्छन्, ‘मलाई मत दिने मतदाताको भावना बुझेर ५ वर्ष पालिकामा काम गर्छु ।’

पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीभित्रै असहयोग भएको स्वीकार्दै आन्तरिक समस्या पनि पराजयको कारक रहेको बताउँछन् ।

एमालेले महालक्ष्मी र कोञ्ज्योसोममा प्रमुख पद जित्न सफल भयो भने ललितपुर महानगरमा उपमेयरसहित ११ वडामा वडाध्यक्ष जितेको छ ।
महालक्ष्मीमा ६ वडामा वडाध्यक्ष, गोदावरी, कोज्योसोम र बागमतीमा १ वडामा वडाध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ५२ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण