५ पुस २०८२, शनिबार | December 20, 2025

उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात



काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।

विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ ।

यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ओपन स्पाइकरद्वय कामना र उषा पहिलो पटक विदेशी लिग खेल्दैछन् । नेपाल पुलिस क्लबका खेलाडी दुबै पहिलो पटक माल्दिभ्स पुगेर लिग खेलेका हुन् ।

दोस्रो खेलमा भोलि (शनिबार) कामना सम्मिलित टिम पुलिस क्लब र उषा सम्मिलित धिबेही सिफाइन्ज क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ०० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ