२० बैशाख २०८३, आइतबार | May 3, 2026

निजगढ विमानस्थल निर्माण रोक्ने फैसलाले नेपालको विकासमा दूरगामी असर पार्नेछ : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सो विमानस्थलको विकल्प नरहेको तर्क गरे ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भट्टराईले वीरगंजजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोडने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तराष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्ने काम सर्वोच्चबाट जसरी भएको छ, त्यसले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने जिकिर गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि उनले स्मरण गरे । भट्टराईले भने, ‘जेहोस हामीलाई यो चाहिन्छ । यो विमानस्थलविना काठमाडौंले त यहाँ आन्तरिक पनि धान्न नसक्ने अवस्था आईसक्यो । हामीलाई चाहिन्छ । टाढा पठाएर हुँदैन । विदेशीहरु आउने भनेको राजधानीमै हो । फेरी त्यो निजगढको अन्तराष्ट्रिय विमानस्थल भनेको वीरजंगजस्तो सबभन्दा महत्वपूर्ण हाम्रो व्यापारिक नाका हो । जहाँबाट काठमाडौंसँग सबभन्दा निकटको व्यापार सम्बन्ध हुन्छ । त्यसैले सामान ढुवानी गर्नका लागि पनि हामीलाई फाष्टट्रयाक लगायतको आवश्यक छ । रेलको आवश्यक्ता छ । एयरपोर्ट हुँदा न अन्तराष्ट्रिय र राष्ट्रिय यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ । त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन । नेपालको विकासको निम्ति अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो ।’

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैंत्री नभएको पनि दोहो¥याए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ०६ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता