२३ बैशाख २०८१, आइतबार | May 6, 2024

१४ वर्षपछि राजस्थान रोयल्स आइपिएलको फाइनलमा प्रवेश



काठमाडौं । राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो ।

राजस्थान यसअघि सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

यसअघि अहमदावादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

अब राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ ।

राजस्थान दोस्रो पटक उपाधि जित्ने सोचमा हुँदा गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बन्ने दाउमा छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : १४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa