२२ भदौ २०८३, सोमबार | September 7, 2026

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति



काठमाडौं । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ ।

वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो । स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठक र छलफलमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससँग मिलेर जानुपर्ने भएकाले एमालेभन्दा ठूलो दलको रूपमा शक्ति आर्जन गर्नेगरी योजना बनाउन नेता-कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खुमलटारमा भेट्ने क्रममा पनि अहिलेको सत्ता गठबन्धन सफल भएको बताएका छन् ।

त्यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा पनि उनले वर्तमान सत्ता गठबन्धन सफल भएको बताउँदै कांग्रेसको साथ नछाड्ने संकेत गरेका छन् । ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो ।

मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो । यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो । उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्‍याउँदै आएका छन् । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ०१ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा