१० श्रावण २०८३, आइतबार | July 26, 2026

सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित, आइतबार अपरान्ह ४ बजे बजेट पेश हुने



काठमाडौं । सरकारले जेष्ठ १५ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन् । सापकोटाले भने, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आईतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफनो आसन गरिसक्नहुन अनुरोध गर्दछु । प्रतिनिधिसभाको अर्को बैठक २०७९ साल जेष्ठ १५ गते आईतबार अपरान्ह ६ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ ।’

यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभा बैठकले पारित गरेको थियो । त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८÷०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७÷०७८ को यथार्थ र आर्थिक वर्ष २०७८÷०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ १५ गते अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ०७ बजे

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले बुझाए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै