१ पुस २०८२, मंगलबार | December 16, 2025

सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित, आइतबार अपरान्ह ४ बजे बजेट पेश हुने



काठमाडौं । सरकारले जेष्ठ १५ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन् । सापकोटाले भने, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आईतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफनो आसन गरिसक्नहुन अनुरोध गर्दछु । प्रतिनिधिसभाको अर्को बैठक २०७९ साल जेष्ठ १५ गते आईतबार अपरान्ह ६ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ ।’

यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभा बैठकले पारित गरेको थियो । त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८÷०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७÷०७८ को यथार्थ र आर्थिक वर्ष २०७८÷०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ १५ गते अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ०७ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज