२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन् : राजनीतिक विश्लेषक लोकराज बराल



काठमाडौं । गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ ।

राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो दल हो ।

संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र हिन्दू राज्यको पुनस्र्थापना छ ।

तर, गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्राडा. लोकराज बराल बताउँछन् । उनले विकल्प त अझ सुदृढ गणतन्त्र रहेको बताए ।

‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्टमध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, न्युज कारखानासँग बरालले भने ।

उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

तर, गणतन्त्रको विकल्प राजतन्त्र भन्दै आएको दल राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भने कुशासन र भ्रष्टाचार गणतन्त्रमा पनि ब्याप्त भएका कारण गणतन्त्रको औचित्य समाप्त भएको दाबी गर्छन् ।

हुन त दुई वर्ष पहिलेसम्म उनी पनि गणतन्त्रवादी नै थिए । तर, हाल यो एजेन्डाबाट पछि हटेका उनले गणतन्त्रको विकल्प संवैधानिक राजतन्त्र हुने तर्क गर्दै आएका छन् । गणतन्त्र १५ जेठ २०६५ मा स्थापना भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ०४ बजे

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी