१८ आश्विन २०८३, आइतबार | October 5, 2026

सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताएका छन ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो भनेका छन ।

सन्देशमा सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु सबै नेपालीहरुको कर्तव्य र अधिकार रहेको उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ “गणतन्त्र नेपालको स्थापनासँगै गणतन्त्रको जगमा संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरू संस्थागत भएकाले आफ्ना अधिकारहरूलाई संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव गर्न प्रदेशवासीमा अपिल गर्दछु ।” शुभकामना सन्देशमा गणतन्त्र नेपालको जगमा जारी संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको जनाइएको छ ।

विज्ञप्तिमा विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुढृढीकरणमार्फत लाभको न्यायोचित वितरणलाई प्रदेश सरकार दृढ सङ्कल्पित रहेको पनि उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ३४ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय