४ आश्विन २०८३, आइतबार | September 21, 2026

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान



काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन् । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए । ‘लाहुरकोटभन्दा माथितिर केही वस्तु देखिएको जस्तो थियो । तर, त्यो त यार्सा टिप्न गएकाहरूले टाँगेको टेन्ट रहेको छ । उनीहरूले त्यो भन्दा माथितिर आगो लागेको जस्तो देखेको बताएका छन् । सोही आधारमा टोली गएको छ,’ अध्यक्ष गौचनले भने ।

आगो बलेको देखिएको क्षेत्रमा पुग्न २/३ घन्टा लाग्ने र नेपाली सेनासहितको टोली त्यसतर्फ परिचालन भइसकेको उनको भनाइ छ । उक्त क्षेत्र मानापाथी हिमालको फेदमा पर्छ । त्यहाँ पुग्न हिँडेर तीन घन्टा लाग्ने उनको भनाइ छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको टुइनटर जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ३६ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन