१३ पुस २०८२, आइतबार | December 28, 2025

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान



काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन् । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए । ‘लाहुरकोटभन्दा माथितिर केही वस्तु देखिएको जस्तो थियो । तर, त्यो त यार्सा टिप्न गएकाहरूले टाँगेको टेन्ट रहेको छ । उनीहरूले त्यो भन्दा माथितिर आगो लागेको जस्तो देखेको बताएका छन् । सोही आधारमा टोली गएको छ,’ अध्यक्ष गौचनले भने ।

आगो बलेको देखिएको क्षेत्रमा पुग्न २/३ घन्टा लाग्ने र नेपाली सेनासहितको टोली त्यसतर्फ परिचालन भइसकेको उनको भनाइ छ । उक्त क्षेत्र मानापाथी हिमालको फेदमा पर्छ । त्यहाँ पुग्न हिँडेर तीन घन्टा लाग्ने उनको भनाइ छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको टुइनटर जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ३६ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,