२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

तारा एयर दुर्घटना : शव संकलन कार्य जारी, अप्ठेरो भूगोल र कुहिरोका कारण उद्दारमा कठिनाई



काठमाडौं । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनता समेत बिहानैदेखि उद्दारमा खटिएका छन् । अहिले पनि शव संकलनको कार्य जारी रहेको छ । अहिलेसम्म १६ जनाको शव संकलन भएको छ । निकै अप्ठेरो भूगोलमा र कुहिरोका कारण उद्दारमा कठिनाई भएको उद्दारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडान परेको तारा एयरको ट्वीनअटर जहाज वेपत्ता भएको थियो । सो जहाज क्षतविक्षत अवस्थामा आज बिहान थासाङ २ मा फेला परेको थियो ।

सो जहाजमा चालकदलका तीन सदस्य १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक रहेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : ०१ बजे

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु