२५ भदौ २०८३, बिहिबार | September 10, 2026

जहाज दुर्घटना : पोष्टमार्टमका लागि टिचिङ लगियो १० जनाको शव



काठमाडौं । मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।

सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ ।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो।

आइतबार दिनभर खोजी गरिएपनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ८ : ४७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,