१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

वीरेन्द्र-ऐश्वर्य उद्यान अन्तिम चरणमा



गलकोट । बागलुङ बजारभित्र अवस्थित वीरेन्द्र-ऐश्वर्य उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने र विद्युतीकरणको काम भइरहेको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनःनिर्माण थालिएको थियो । उद्यान पुनःनिर्माणको अहिले ६६ प्रतिशत काम पूरा भइसकेको छ भने एक महिना ठेक्का म्याद थपेर बाँकी काम सम्पन्नपश्चात नगरपालिकाले लिने गरी काम भइरहेको बागलुङ नगरपालिकाका इञ्जीनियर सोविन घर्तीले जानकारी दिए ।

“पूर्वाधार निर्माणको काम सबै सकिएको छ, अहिले विद्युतीकरण, फूल रोप्ने, दुबो लगाउने तयारीमा छौँ”, उनले भने, “असार मसान्तसम्म सबै काम सकिनेछ, उद्यान निकै पृथक र आधुनिक शैलीमा निर्माण भएको छ, बागलुङ आएका पर्यटकलाई समेत यसले आकर्षण गर्ने छ ।”

स्थानीय सुमन रानाले भने “बागलुङ बजारमा एकैछिन विश्राम गरौँ भन्ने कुनै ठाउँ थिएन, उद्यान कुरुप बनेपछि झनै समस्या थियो, यो कोलाहल बिर्साउने ठाउँका रुपमा विकास भएको छ ।” नगरपालिकाले एए कन्स्ट्रक्शनसँग रु ८४ लाखमा चार महिनामा उद्यान पुनःनिर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । गत वैशाख ३ गतेसम्म सक्नुपर्ने उद्यान अहिले असारसम्म म्याद थपेर काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र-ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो ।

उद्यानको मुख्य भागमा पानीको फोहोरा र विद्युतीकरण हुनेछ भने पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिने छ । उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेपछि बागलुङ बजारवासी खुसी भएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ४१ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत