४ आश्विन २०८३, आइतबार | September 20, 2026

दश दिने गोसाइँकुण्ड मेला शुरू



रसुवा । गङ्गा-दशहरा पर्वअन्तर्गत रसुवामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् ।

पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ । आजदेखि शुरू भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुहरूका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायी तयार रहेको होटल व्यवसायी सङ्घ रसुवाका जिल्ला अध्यक्ष रामशरण गजुरेल निसानले बताए ।

गङ्गा दशहरा पर्व मान्नका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहिआएको छ ।

प्रत्येक वर्ष दुईपटक विशेष मेला लाग्ने समाजसेवी टङ्कप्रसाद आर्चायले बताए । अहिले शुरू भएको गङ्गा दशहरा पर्वमा नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवानसमेतका भक्तजनको आगमन भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् ।

धार्मिक क्षेत्रको सुरक्षा व्यवस्था मिलाइसकिएको जनाउँदै जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्धक्कसाथ धार्मिकयात्रा गर्न भक्तजनलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन