१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

तारा एयर दुर्घटना अपडेट : थप १२ मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ ।

मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो ।

शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ । पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ ।

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ५९ बजे

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान