१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मेलम्चीको सुरूङमार्गको ढोका बन्द गरिएसँगै खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक



काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो ।

मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड [केयूकेएल] ले काठमाडौंमा वितरण गरिने खानेपानीको नयाँ तालिका सार्वजनिक गरेको हो ।

९ वटा शाखा रहेको केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ । त्यस्तै अन्य शाखाले पनि पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दैछन् ।

मेलम्चीको पानी आउन रोकिएपछि महाँकालचौर शाखाले सुन्दरिजल मुहानबाट संकलन हुने खानेपानी र गोकर्णबाट डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न लागेको हो ।

शाखा प्रमुख उमेशबाबु मरहठ्ठाका अनुसार महाँकालचौर शाखा अन्तर्गत रहेका केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाउँ, हाडी गाउँ, नक्साल, बागबजार, माइतीघर गौरीघात, मैजुबहल, क्षेत्रपाटी, अनामनगर, मैतीदेवी घट्टेकुलो, डिल्ली बजार पिपलबोट, बौद्ध, जोरपार्टी, त्रिपुरेश्व, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रमा अब नयाँ तालिका अनुसार पानी वितरण गरिनेछ ।

एक दिनदेखि ८ दिनको फरकमा पानी वितरणको तालिका रहेको छ । अन्य शाखाहरूले समेत पानीको नयाँ तालिकाका लागि छलफल थालेका छन् । गत असार १ गते आएको बाढीसँगै मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यहि बेलादेखि बन्द रहेको मेलम्चीको मुहान १२ बैशाखमा खोलिएको थियो । अस्थायी रूपमा मर्मत सम्भार गरेर मेलम्चीको पानी सुरूङमार्ग हुँदै काठमाडौं उठाइएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएपछि टनेलको मुख्य ढोका बन्द गरिएको थियो । ढोका बन्द गरिएसँगै मेलम्ची खानेपानी काठमाडौं आउन बन्द भएको छ । अब वर्षापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १० : १२ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न