१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

यु-१२ टेनिसः नेपाल छनोट हुन सकेन



काठमाडौं । नेपाल आईटीएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज/गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो ।

प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन ।

नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा ब्वाइज टिम छनोट भएको थियो । २०१८ मा नेपालमै भएको दोश्रो संस्करणमा ब्वाइज/गल्र्स दवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेश्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड-१९ का कारण प्रतियोगिता भएन ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज/गल्र्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३-० ले पराजित ग¥यो ।

सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६-० र ६-० तथा वृजेश आर्यलले नियाजलाई ६-० र ६-२ को सोझो सेटमा पराजित गरे । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६-४ र ६-१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।

गल्र्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३-० को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६-० र ६-० ले विजयी रह्यो ।

प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । गल्र्सको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए । ब्वाइज/गल्र्स दुवैमा पहिलो र दोश्रो हुने टोली छनोट हुने प्रावधान छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ३२ बजे

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण