१६ श्रावण २०८३, शनिबार | August 1, 2026

यु-१२ टेनिसः नेपाल छनोट हुन सकेन



काठमाडौं । नेपाल आईटीएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज/गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो ।

प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन ।

नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा ब्वाइज टिम छनोट भएको थियो । २०१८ मा नेपालमै भएको दोश्रो संस्करणमा ब्वाइज/गल्र्स दवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेश्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड-१९ का कारण प्रतियोगिता भएन ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज/गल्र्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३-० ले पराजित ग¥यो ।

सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६-० र ६-० तथा वृजेश आर्यलले नियाजलाई ६-० र ६-२ को सोझो सेटमा पराजित गरे । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६-४ र ६-१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।

गल्र्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३-० को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६-० र ६-० ले विजयी रह्यो ।

प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । गल्र्सको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए । ब्वाइज/गल्र्स दुवैमा पहिलो र दोश्रो हुने टोली छनोट हुने प्रावधान छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ३२ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष