१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो



काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ ।

बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १-१ को अवस्थामा आईपुगेको छ । पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो ।

श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए । श्रीलंकाका चामिथा करुनारत्नेले सर्वाधिक तीन विकेट लिए ।

यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्याे ।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे । यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन जोडे ।

अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ५९ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम