१२ असार २०८३, शुक्रबार | June 27, 2026

पाकिस्तानका उस्मान वजीर बने ‘डब्लुबीए एशिया वेल्टरवेट’ उपाधि विजेता



इस्लामावाद । पाकिस्तानका उस्मान वजीरले अन्तराष्ट्रिय बक्सिङ संघले आयोजना गरेको बक्सिङ प्रतियोगितामा एशिया वेल्टरवेटको उपाधी जितेका छन् ।

पाकिस्तानको गिलगितस्थित लालक जान स्टेडिडममा भएको प्रतियोगितामा वजीरले दोस्रो चरणको भिडन्तमा थाइल्याण्डका फाटिफान क्रुङक्लाङलाई पराजित गर्दै डब्लुबीए एशिया वेल्टरवेट उपाधि जितेका हुन्। जित पछि, बक्सिङ स्टारले आफ्नो अपराजित कीर्तिमानलाई पाँच नकआउटको साथ ८–०मा विस्तार गरेका छन् ।

२२ वर्षीय बक्सर उस्मान वजीरले पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता ल्याउनमा प्रमुख भूमिका खेलेका थिए ।

यसबाहेक पाकिस्तानका मुहम्मद आसिफ हजाराले १०औं राउण्डमा इन्डोनेसियाका बक्सर राजी अकबरलाई हराउँदै ‘सुपर फ्लाईवेट’ उपाधि जितेका छन् ।

प्रतियोगितामा कुल दश वटा फाइट तय गरिएको थियो, जसमा तीनवटा टाइटल फाइटहरू थिए, जबकि अन्य सातवटा अन्तर्राष्ट्रिय बक्सिङ र्याङ्किङको को हिस्सा थिए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तान, थाइल्याण्ड, अफगानिस्तान, युएई, क्यामरुन, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, नाइजेरिया र फिलिपिन्सलगायत १० देशका खेलाडीले भाग लिएका थिए ।

गिलगिट-बाल्टिस्तानले यस क्षेत्रमा अन्तर्राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्नको लागि पहिलो पटक बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो।

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ०० बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३