३० असार २०८३, मंगलबार | July 14, 2026

सिद्धबाबाको वैकल्पिक सडक : २० करोड सकियो, काम अझै अलपत्र



बुटवल । सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म बिनियोजन गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रायाक खोल्ने बेलाम नै एक करोड छुट्टयाएको थियो ।

चुरे क्षेत्रको संभाव्यता अध्ययनबिना सडक खन्दा, बजेट कम बिनियोजन हुँदा र चुरेमा सडक बनाउने तरिका नमिल्दा पाँच वर्ष बित्न लाग्दा वैकल्पिक सडक नै अलपत्र परेको हो । महाभारत श्रृंखला र चुरे पहाडमा सडक निर्माणका क्रममा संभाव्यता अध्ययनविना राजनीतिक दाउपेचको आधारमा एकाएक सडक निर्माण कार्यको सुरुवात गरिए पनि कमजोर भूबनोटका कारण पाँच वर्षको अवधिमा निर्माण कार्य पूरा हुन नसकेको हो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसावले निकै कम रहेको प्राविधिकहरु बताउँछन् । तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रुपमा निर्माणाधीन धागो कारखाना–चरङ्गे–झुम्सा सडकमा आवश्यक पर्ने पुल पुलेसा निर्माण तथा अन्य कार्य सम्पन्न गरी यातायात सञ्चालनयोग्य बनाउने कुरा प्रदेश सरकारले यसपटक पनि बजेट पुस्तिकामा समेटेको छ । भूगर्भविदको सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य यस वर्षका लागि रोकिएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए ।

हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपियाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुनेछ । ुमुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन भन्न सकिंदैन,ु न्यौपानेले भने ।

चरङ्गेदेखि साढे आठ किलोमिटर सडक भने राम्रो छ । यसमा ग्राभेलको काम पनि सकिएको छ । ुसमस्या भनेको साढे चार किलोमिटरको हो,ु न्यौपानेले भने । सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । झुम्सा चौकीभञ्ज्याङ चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ०८ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन