१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्न पाउँदैनन : भीम रावल



काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले एसपीपीबारे धेरै नकोट्याउँ भनेको विषयप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै सांसद रावलले एसपीपीको च्याप्टर क्लोज गर्ने हो भने नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउनुपर्ने जिकिर गरे । मन्त्री खड्काले एसपीपीबारे च्याप्टर क्लोज भएको बताउँदै अब धेरै नकोट्याउन आग्रह गरेका थिए । ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छस त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो‚’ रावलले भने‚ ‘संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’

रावलले अमेरिकाले एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको बताउने तर परराष्ट्रमन्त्रीले होइन भनेर प्रष्टिकरण दिएको विरोधाभासपूर्ण भएको जिकिर गरे । त्यसपछि खड्काले भने रावल बोल्दै गर्दा आफुले त्यस्तो नभनेको बताएका थिए ।

रावलले एसपीसीबारे छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरे । उनले भने, ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २८ बजे

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख