९ पुस २०८२, बुधबार | December 25, 2025

ईश्वर पोखरेलको प्रश्न : एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन् ।

भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताएका हुन् ।

‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपीपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीबारे सेनाले (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही रु यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई बिबादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड गरेका छन । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उनको माग छ ।

अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा पराराष्ट्र मन्त्री नारायण खड्काले ‘एसपीपीको च्याप्टर क्लोज’ भइसकेको’ र प्रधानसेनापति शर्माले एसपीपीको सैन्य सैन्य गठबन्धनलाई नेपाली सेनाले स्वीकार नगर्ने जनाए पनि पोखरेले ‘आन्तरिक कुराहरू मोडिन सक्छन्’ भन्दै पोखरलले थप आशंका गर्न भने छुटाएनन ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ४८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना