२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

५० शैय्याको अर्घाखाँची अस्पतालमा दरबन्दीका एउटै चिकित्सक छैनन्



अर्घाखाँची । जतिबेला कोभिडको चापाचाप थियो । अक्सिजनको अभावमा कोभिड बिरामीहरूले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट निर्माणको लागि जिल्लास्तरमा स्वतस्फुर्त रकम संकलन सुरु भयो । यही बेला प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट ल्याइदियो । गत २६ साउनमै अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट जडान गरे पनि एक वर्ष पुग्नै लाग्दासम्म पनि अक्सिजन उत्पादन भने भएको छैन ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमको सक्रियताका बेला मुहार फेरेको अर्घाखाँची अस्पताल यतिबेला पुरानै स्वरुपमा फर्किएको छ । डा. गौतमको कार्यकालमा अक्सिजन प्लान्ट मात्र होइन, थाइराराइड परीक्षण, २४सै घण्टा टिकट काउन्टर, सिसीटीभी क्यामेरा, टोकन मेसिन, दन्त परीक्षण सेवासहितका विभिन्न सेवा थपिएका थिए । तर, अहिले ति सबै सेवा भएर पनि नभएको जस्तै छ ।

अस्पतालका १२ वटा सिसीटीभी क्यामेरामध्ये अहिले एउटैले काम गर्दैनन्, बिरामीलाई लाइनमा बस्न समस्या नहोस् भनेर सुुरु गरेको टोकन मेसिन बन्द भएको धेरै भइसक्यो, टिकट लिइसकेपछि नम्बर लेखाउन गार्ड खोज्दै हिड्नु पर्ने अवस्था छ ।

हरेक शाखा तथा वार्डमा राखिएका डिजिटल बोर्ड (बत्तीहरू) कुनैले पनि काम गर्दैनन् भने शौचालयमा बत्ती बल्न छोडेको त महिनौँ भइसक्यो ।

५० शैय्याको अस्पतालमा दरबन्दीका डाक्टर शून्य

५० शैय्याको अर्घाखाँची अस्पतालमा १६ जना डाक्टरको दरवन्दी छ । नौ जना विशेषज्ञ र सात जना एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहिले अस्पतालमा एक जना पनि डाक्टर छैनन् ।

एक जना मेडिकल सुपरिटेन्डेन्ट, छात्रवृत्तिमा आएका तीन जना र एक जना निक साइमन्सको सहयोगमा आएका डाक्टरले अस्पताल धानिरहेका छन् ।
दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू ओपीडीमा उपचारको लागि घण्टौं लाइन लाग्नु पर्ने अवस्था छ भने इमरजेन्सीमा पुगेका बिरामीले समेत डाक्टरको अनुहार हेर्न लामै समय कुर्नु पर्छ । जसका कारण अर्घाखाँची जिल्लावासी उपचार सेवा पाउनबाट बन्चित भएका छन् ।

सम्पर्कविहिन कार्यालय प्रमुख
‘०७७–४२०२५७’ अर्घाखाँची अस्पतालको आधिकारीक टेलिफोन नम्बर यही हो । अस्पतालका प्रमुखको नम्बर पनि सार्वजनिक जत्तिकै छ । तर, यी दुवै फोन कहिल्यै उठ्दैनन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : २५ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल